युरो किड्स सल्लाघारीमा ‘युरो हिँउदे महोत्सव’

भक्तपुर, ८ माघ । ‘उदाउँदो केन्द्र’को रुपमा अन्र्तराष्ट्रिय युरो किड्सबाट पुरस्कृत सल्लाघारीस्थित भक्तपुर युरो किड्सले विभिन्न खेलकूद र मनोरञ्जनात्मक कार्यक्रमका साथ यो वर्षको ‘युरो हिँउदे महोत्सव’ अर्थात युरो विन्टर कार्निभल आयोजना गरेको छ ।

विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार उक्त महोेत्सवमा सांगितिक कार्यक्रमदेखि विभिन्न थरीका खेल र अन्य मनोरञ्जनका कार्यक्रम समावेश थिए । युरो किड्समै अध्ययनरत विद्यार्थी, उनीहरुका अभिभावकको साथै युरो विन्टर कार्निभल हेर्न आएका वालवालिका र अभिभावकहरुलाई समेत सहभागी गराई विभिन्न खेल खेलाइएको थियो ।

विद्यालयको विशेषता र नयाँ कार्यक्रमहरुबारे केटाकेटी र नयाँ अभिभावकहरुलाई जानकारी गराउन पनि विन्टर कार्निभल आयोजना गरिएको विद्यालयकी संस्थापक प्रिन्सिपल सम्झना गिरीले बताइन । विद्यालयले आउँदो श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा नयाँ विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।  दसैँको

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।