‘प्राध्यापकको वर्गीकरण आपत्तिजनक’

काठमाडौँ, ७ माघ । सरकारले विश्वविद्यालयका प्राध्यापकको वर्गीकरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदामा सो विषय उल्लेख छ ।

मस्यौदामा प्राध्यापकको मात्र वर्गीकरण वर्गीकरण गरिएको छ, सहायक, उप र सहप्राध्यापकका सम्बन्धमा कुरा गरिएको छैन । नेपाल प्राध्यापक संघका महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद शिवाकोटीले अध्ययन नै नगरी प्रध्यापकको वर्गीकरण गर्ने विषय समावेश गर्नु गलत भएको बताए ।

‘क्याम्पसमा पढाउने सबैलाई प्राध्यापक भनी सम्बोधन गरेको भने फरक छैन, तर प्राध्यापकलाई मात्र वर्गीकरण गर्ने विषय आपत्तिजनक छ,’ उनले भने । यो समाचार आजको समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।  दसैँको

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।