निमित्तका भरमा चल्दैछन् छवटा विश्वविद्यालय

काठमाडौँ, २ माघ । विगत पाँच महिनादेखि मुलुकका छवटा विश्वविद्यालय निमित्तका भरमा चल्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा गएको भदौदेखि उपकुलपति पद रिक्त हुँदै आएको छ ।

नेपालको विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपकुलपति नियुक्तिका लागि आवेदन माग गर्ने अभ्यास यसैपटकबाट थालिएको हो । छनोट समितिले आवेदन दिएकामध्येबाट पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि एक महिनाअघि नै तीन, तीन जनाको नाम कुलपति (प्रधानमन्त्री)समक्ष सिफारिस गरिसकेको थियो ।

कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका लागि सिफारिस गरिने व्यक्तिको नाम अझै छनोट हुन सकेको छैन । नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको छनोट समितिका संयोजकसमेत रहेका राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. उषा झाले भने, “सरकारको प्राथमिकतामा अरू काम परेकाले उपकुलपति नियुक्त नभएको हुनसक्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।