नेपालमा रेल चलाउन तोकियो शैक्षिक योग्यता

काठमाडौँ, २७ पौष । नेपालमा चार पांग्रे सवारी चालक अनुमतिपत्र लिने व्यक्तिको शैक्षिक योग्यता एसईई वा सो सरहको हुनुपर्ने भन्दै आवाज उठिरहेका बेला रेल्वे सेवा सञ्‍चालनका लागि ल्याइएको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता तोकिएको छ ।

हाल राष्ट्रिय सभामा दर्ता भई छलफलमा रहेको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।

विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच बर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ ।

रेल चालकको हकमा २५ बर्ष र सहचालकको हकमा २० बर्ष उमेर नपुगेको र पचास बर्ष उमेर पूरा भएको व्यक्तिले पनि अनुमतिपत्र प्राप्त गर्न सक्ने छैनन् । यो खबर नेपाल समाचारपत्र दैनिकले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।  दसैँको

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।