हिलसाइड कलेजद्वारा साग गेमको तेक्वान्दो तर्फ स्वर्ण पदक बिजेता कुंवरलाई सम्मान

काठमाडौँ, २६ पौष । हिलसाइड कलेज अफ इन्जिनियरिङ, काठमाडौँले तेह्रौं साग गेमको तेक्वान्दो तर्फ स्वर्ण पदक बिजेता उक्त कलेजका ७औं सेमिष्टरका बिद्यार्थी चुडामणी कुंवरलाई सम्मान गरेको छ ।

ललितपुरको इण्द्रेणी बैंकटमा भएको वेलकम, फेयरवेयल तथा पुरस्कार बितरण कार्यक्रममा तेश्रो सेमिष्टरका बिद्यार्थीले नयाँ बिद्यार्थीको स्वागत गरेका थिए भने आठौं सेमिष्टर सकेर बाहिरिने बिद्यार्थीहरुलाई सातौं सेमिष्टरका बिद्यार्थीले उज्जवल भबिष्यको कामना सहित बिदाइ गरेका थिए ।

सो अवसरमा सप्ताहब्यापी खेलकुद कार्यक्रममा सफलता हात पार्ने बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कलेजका प्रीन्सिपल डा. के. एन. दुलालको सभापतित्त्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन इ. महेन्द्रराज धिताल प्रमुख अतिथि, प्रा.डा. गोबिन्द राज पोखरेल बिशिष्ट अतिथि हुनुहुन्थ्यो ।

इन्जिनियरिङ शिक्षाको आवश्यकता र औचित्यता माथि प्रकाश पार्दै यस कलेजका मेनेजिङ डाइरेक्टर गोपीकृष्ण न्यौपानेले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।  दसैँको

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।