भक्तपुर, २५ पौष । मध्यपुर थिमि नगरपालिका वडा नं १ मनोहरा प्लानिङ्ग, विपि कोइराला आँखा अस्पताल नजिक सुविधा सम्पन्न ‘क्रियशन ड्राइभिङ्ग स्कुल’ले शुक्रबारदेखि सवारी प्रशिक्षण सेवा शुरु गरेको छ ।
ड्राइभिङ्ग स्कुल खुलेको एकहप्तासम्म प्रशिक्षण लिने आउने सबैजनालाई ५० प्रतिशत छुटको व्यवस्था दिईने ड्राइभिङ्ग स्कुलका प्रवन्ध सञ्चालक दिपक तामाङ्गले बताए ।
सुविधानगर, तिनकुनेमा मुख्य कार्यालय रहेको क्रियशन ड्राइभिङ्ग स्कुलमा अहिले ४ वटा अल्टो कार, ४ वटा नयाँ सुपर स्प्लेन्डर मोटरसाइकल र २ वटा प्लेजर स्कुटरबाट प्रशिक्षण दिने व्यवस्था मिलाईएको प्रवन्ध सञ्चालक तामाङ्गले बताए । सुविधानगरमा ६ वर्ष अघि क्रियशन ड्राइभिङ्ग ड्राइभिङ्ग स्कुल खोलिएको थियो ।

यातायात व्यवस्था विभागले भक्तपुरको राधेराधेमा लिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा प्रयोग गरिने जस्तै अल्टो कार, सुपर स्प्लेन्डर मोटरसाइकल र प्लेजर स्कुटरमा सिकेर हात बसालेपछि प्रशिक्षार्थीलाई ट्रायल परीक्षा उतिर्ण गर्न सजिलो हुने गरि त्यस्ता सवारी साधनबाट सिकाइने व्यवस्था मिलाइएको सञ्चालक तामाङ्गले बताए ।
मनोहरा प्लानिङ्गको ३ रोपनी नीजि जग्गामा करीव एक करोड रुपैयाँ लगानी गरि क्रियशन ड्राइभिङ्ग स्कुल खोलिएको हो । १५ जनालाई एकैचोटी सैद्धान्तिक कक्षा लिनसक्ने क्षमताको कक्षाकोठा तयार भईसकेको छ भने ड्राइभिङ्ग स्कुल हातामा सुविधासम्पन्न चमेना गृह (रेस्टुरेण्ट) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विहान ६ बजेदेखि साँझ ६ वजेसम्म ड्राइभिङ्ग स्कुल खुल्ने व्यवस्था मिलाइएको छ ।

नयाँ संरचना, खुल्ला वातावरण, आधुनिक, सुविधासम्पन्न र नयाँ सरकारी मापदण्ड अनुसारको व्यवस्था सहित सबैलाई पायक पर्ने ठाउँमा खोलिएको क्रियशन ड्राइभिङ्ग स्कुलमा हाललाई ५ जना प्रशिक्षक राखिएको छ भने प्रशिक्षार्थीको चाप हेरी प्रशिक्षक संख्या बढाइने सञ्चालक तामाङ्गले बताए ।
सेवा शुभारम्भको अवसरमा पुर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी, सशस्त्र प्रहरी नायव उपरिक्षक रामचन्द्र श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग बालकोटका प्रमुख, प्रहरी नायव निरीक्षक श्याममणि पोखरेल लगायत यातायात व्यवसायी र स्थानीय गन्यमान्य व्यक्तिको उपस्थिति थियो ।







