काठमाडौँ, ८ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको बताएका छन् ।
आज विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक माथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले तथ्य र प्रमाणबनिा समाचार लेख्ने प्रवृति र ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताएका हुन् ।
तथ्यबिना लेखिएका समाचारहरुमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको बताउदै उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कल्पना गर्न सक्दैनौँ । नेपालको संविधानलाई टेकेर बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन, ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो भन्नेहरुको त्रास मात्रै हो । त्यो व्यक्तिगत रुपमा प्रकट हुने कुरा हो ।’
बास्कोटाले अरुको सबै कुरा पारदर्शी खोज्नेले आफुलाई पारदर्शी राख्नुपर्ने बताएका छन् । ७ लाखप्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरु बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उलने बताए ।






