गुण्डू स्वास्थ्य चौकीमा एक हप्ते निःशुल्क स्वास्थ्य शिबिर

भक्तपुर, ५ पुस । भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूमा एक हप्ते निःशुल्क दन्त शिबिर हुने भएको छ ।

पुस ७ गतेदेखि १३ गतेसम्म एक हप्ते निःशुल्क दन्त शिबिर हुन लागेको हो । सूर्यविनायक नगरपालिका वडा नं. गुण्डूको आयोजना तथा फारमिङ कम्युनिष्ट डेन्ट्रिस्ट्रको प्राविध सहयोगमा गुण्डू स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि ४ बजेसम्म दन्त शिबिर हुन लागेको हो ।

शिबिरमा दाँत सफा गर्ने, दाँत भर्ने, चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको दाँतमा लेप लगाउने, निःशुल्क दाँतको औषधी वितरण र दाँत सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिबिरमा उपस्थित भइ दाँत सम्बन्धीको सेवा दिन वडाध्यक्ष सापकोटाले सबैलाई आग्रह गर्नुभयो । स्थानीयको सेवाका लागि वडा कार्यालयको पहलमा दन्त शिबिर राखिएको उहाँले बताउनुभयो । फारमिङ कम्युनिष्ट डेन्ट्रिस्ट्रका कार्यक्रम संयोजक गणेश कार्कीले निःशुल्क स्वास्थ्य शिबिरले धेरै भन्दा धेरै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन

काठमाडौँ, ३० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा बाँदर खेदाउने क्रममा खोटाङमा भरुवा बन्दुकको गोली लागेर एक

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको