‘नेपालमा वाल अधिकारको अवस्था’बारे प्रतिवेदन सार्वजनिक

काठमाडौँ, १६ मंसिर । वालवालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाको संयुक्त सहकार्यमा तयार गरिएको ‘नेपालमा वाल अधिकारको अवस्था’ प्रतिवेदन राजधानीमा सार्वजनिक गरिएको छ ।

चाइल्ड फण्ड जापान, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन, एसओएस वालग्राम नेपाल, टेरे देश होम्स र वल्र्ड भिजन इन्टरनेशनलको संयुक्त सहकार्यमा तीनवर्ष लगाएर सो प्रतिवेदन तयार गरिएको हो ।

नेपालले संयुक्त राष्ट्रसंघको वालअधिकार महासन्धिमा हस्ताक्षर गरेको ३० वर्षको वार्षिकोत्सवको अवसर ९१९९०—२०१९० पारेर सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, वालअधिकारकर्मी चेतना केसी र आरजु विक, प्रहरी प्रधान कार्यालयको महिला तथा वालवालिका निर्देशनालयकी प्रहरी नायव उपरिक्षक छिरिङ्गकृपा लामा लगायतले सो प्रतिवेदन सार्वजनिक गरेका थिए ।

वालअधिकार महासन्धिमा नेपालले अनुमोदन गरेयताका ३० वर्षको अवधिमा नेपाल सरकारले वालअधिकारको क्षेत्रमा प्राप्त गरेको सफलता उपलव्धि, यसका चुनौति लगायतका विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा