विज्ञान केन्द्रको अवलोकन भ्रमणमा ग्रामरका विद्यार्थी

काठमाडौँ, १० मंसिर । ग्रामर पव्लिक स्कुल कोटेश्वरका ९ र १० कक्षाका ९४ जना विद्यार्थी ललितपुरको बुंगमतीमा नीजि क्षेत्रबाट सञ्चालित विज्ञान केन्द्र ‘सिमुलेशन साइन्स सेन्टर’को अवलोकन भ्रमणमा गई विज्ञानका विविध पक्षबारे व्यवहारिक ज्ञान लिएका छन् ।

विद्यालयका भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्ग,नेपाली विभाग प्रमुख आनन्दकला राई, कम्प्युटर शिक्षक गौरव दाहाल र वातावरण विज्ञान शिक्षक रोशन लिम्वुसहित कक्षा ९ र १० का विद्यार्थी त्यहाँ गएका थिए ।

विद्यालयको पाठ्यक्रममा पढेका विज्ञान र रोबोटका बारेमा व्यवहारिक अभ्यास गर्न र पाठ्यक्रमभन्दा बाहिरको विषयमा थप जानकारी लिन उनीहरु विज्ञान केन्द्र पुगेको विद्यालयका भाइस प्रिन्सिपल सुर्दशन पाण्डेले बताए ।

अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्गका अनुसार ३ घण्टा लामो अध्ययन भ्रमणका क्रममा विद्यार्थीहरुलाई विज्ञान केन्द्रको परिचय गराउनुका साथै विज्ञान केन्द्रले नेपालमा विज्ञान र विज्ञानसंग सम्वन्धित अनुसन्धान र पछिल्ला आविश्कारबारे बताइएको थियो ।

विद्यार्थीहरुले कितावमा पढेका कुरा त्यहाँ अभ्यास गर्ने व्यवस्था मिलाइएकोले उनीहरुले विज्ञानका विविध पक्षबारे मात्रै नभई रोबोट र रोबोटिक्सका बारेमा राम्रो अनुभव बटुलेको नेपाली विभाग प्रमुख आनन्दकला राईले बताइन् ।

स्थापनाको २५ वर्ष पुरा गरेको ग्रामर पव्लिक स्कुल कोटेश्वरले आफ्ना विद्यार्थीहरुलाई कक्षाकोठामा मात्रै सीमित नराखी विभिन्न सान्दिर्भक स्थलहरुको अध्ययन भ्रमण गराएर ज्ञानको अभिवृद्धिमा थप टेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।