विज्ञान केन्द्रको अवलोकन भ्रमणमा ग्रामरका विद्यार्थी

काठमाडौँ, १० मंसिर । ग्रामर पव्लिक स्कुल कोटेश्वरका ९ र १० कक्षाका ९४ जना विद्यार्थी ललितपुरको बुंगमतीमा नीजि क्षेत्रबाट सञ्चालित विज्ञान केन्द्र ‘सिमुलेशन साइन्स सेन्टर’को अवलोकन भ्रमणमा गई विज्ञानका विविध पक्षबारे व्यवहारिक ज्ञान लिएका छन् ।

विद्यालयका भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्ग,नेपाली विभाग प्रमुख आनन्दकला राई, कम्प्युटर शिक्षक गौरव दाहाल र वातावरण विज्ञान शिक्षक रोशन लिम्वुसहित कक्षा ९ र १० का विद्यार्थी त्यहाँ गएका थिए ।

विद्यालयको पाठ्यक्रममा पढेका विज्ञान र रोबोटका बारेमा व्यवहारिक अभ्यास गर्न र पाठ्यक्रमभन्दा बाहिरको विषयमा थप जानकारी लिन उनीहरु विज्ञान केन्द्र पुगेको विद्यालयका भाइस प्रिन्सिपल सुर्दशन पाण्डेले बताए ।

अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्गका अनुसार ३ घण्टा लामो अध्ययन भ्रमणका क्रममा विद्यार्थीहरुलाई विज्ञान केन्द्रको परिचय गराउनुका साथै विज्ञान केन्द्रले नेपालमा विज्ञान र विज्ञानसंग सम्वन्धित अनुसन्धान र पछिल्ला आविश्कारबारे बताइएको थियो ।

विद्यार्थीहरुले कितावमा पढेका कुरा त्यहाँ अभ्यास गर्ने व्यवस्था मिलाइएकोले उनीहरुले विज्ञानका विविध पक्षबारे मात्रै नभई रोबोट र रोबोटिक्सका बारेमा राम्रो अनुभव बटुलेको नेपाली विभाग प्रमुख आनन्दकला राईले बताइन् ।

स्थापनाको २५ वर्ष पुरा गरेको ग्रामर पव्लिक स्कुल कोटेश्वरले आफ्ना विद्यार्थीहरुलाई कक्षाकोठामा मात्रै सीमित नराखी विभिन्न सान्दिर्भक स्थलहरुको अध्ययन भ्रमण गराएर ज्ञानको अभिवृद्धिमा थप टेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।