काठमाडौँ, ८ मंसिर । नेपाल र जापानको विश्वविद्यालयबीच सम्झौता भएको छ ।
संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
आइसिएमएसले काठमाडौँमा पत्रकार सम्मेलन गरि त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच यस्तो सम्झौता भएको जानकारी गराएको हो ।
उक्त समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।






