काठमाडौँ, ६ मंसिर । सरकारले भ्रमण वर्ष २०२० अभियान अन्तर्गत राजमार्गमा सञ्चालित होटेल-मोटेलहरुलाई निर्देशन जारी गरेको छ ।
सार्वजनिकस्थल सफा राख्न होटेल तथा मोटेलहरुले सार्वजनिक सवारी साधनबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न अनिवार्य कन्टेनर राख्नु पर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनमार्फत स्थानीय तहलाई त्यसको नियमन गर्नसमेत आग्रह गरेको छ ।
फोहोर व्यवस्थापनका लागि सार्वजनिक सवारी साधनको प्रस्थान र आगमन विन्दुमा फोहोर व्यवस्थापन गर्ने कन्टेनरको समेत व्यवस्था गर्न मन्त्रालयले स्थानीय सरकारहरुसमक्ष आग्रह गरेको छ ।






