ट्रिटन कलेजद्वारा ‘सुर श्री’मा सहभागी विद्यार्थी आश्रयको विदाई

काठमाडौँ, ५ मंसिर । भारतीय चर्चित गायन रियालिटी शो ‘सुर श्री’ को पाँचौ संस्करणको सेमिफाइनलमा प्रवेश गरेका ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरमा ११ कक्षामा अध्ययनरत गायक विद्यार्थी आश्रय रञ्जितलाई कलेज प्रशासनले शुभकामना दिँदै विदाई गरेको छ ।

सेमिफाइनलमा प्रवेश गरेका गायक आश्रय भारतको भोपाल राज्यमा यही मंसीर ८ गते सोमबार आयोजना हुन लागेको सेमिफाइनल प्रतियोगितामा भाग लिन बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन ।

ट्रिटन कलेजका प्राचार्य डा.समीर शर्मा, उपप्राचार्य श्रीकृष्ण विष्ट, प्रशासन प्रमुख ऋतु न्यौपाने र अतिरिक्त कृयाकलाप संयोजक कुमार थापाले आश्रयलाई टिका र खादा लगाएर विदाई गर्दै सफलताको लागि शुभकामना दिए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३०४० भारतले हरेक वर्ष आयोजना गर्दै आएको उक्त रियालिटी शोको पाँचौ संस्करणको सेमिफाइनलमा पुग्ने आश्रय ट्रिटन कलेजको पहिलो र एकमात्र नेपाली विद्यार्थी हुन । प्रतियोगितामा भारत र अन्य सार्क मुलुकका युवाहरु सहभागी छन् ।

१७ वर्षिय गायक आश्रयले नेपालमा आयोजना भएका विभिन्न गायन प्रतियोेगितामा आफ्नो उमेर जतिनै पुरस्कार जितिसकेका छन् । गायक आश्रयका साथ उनका बुबा मध्यपुर थिमी नगरपालिका वडा नं ६ का प्रशासकिय प्रमुख, अभयन्द्र रञ्जित पनि भोपाल जाँदैछन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने