त्रिवि सेवा आयोगको गम्भीर लापरबाही

काठमाडौँ, ४ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम्प्युटर विज्ञानको परीक्षामा गम्भीर लापरबाही गरेको पाइएको छ । आयोगले सोमबार लिएको कम्प्युटर विज्ञानको परीक्षामा कम्युनिकेसन इन्जिनियरिङसँग सम्बन्धित प्रश्न सोधिएको पाइएको हो ।

आयोगले लिएको परीक्षामा अधिकांश प्रश्न कम्युनिकेसन इन्जिनियरिङ विषयसँग सम्बन्धित सोधिएको थियो । कम्प्युटर विज्ञानका मुख्य विषयबाट सोध्नुपर्नेमा आयोगले कम्युनिकेसन इन्जिनियरिङका मुख्य विषयबाट सोधिएपछि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेका थिए । केही प्रश्न इन्टरनेटमा पहिले नै प्रकाशित भएका समेत हुबहु राखिएको पाइएको छ ।

आयोगले सो परीक्षा कम्प्युटर विज्ञानको उपप्राध्यापक पदको पदपूर्तिका लागि लिएको हो । आयोगले २०७५÷७६ मा दरखास्त आह्वान गरेको थियो । तर, कम्प्युटर विज्ञानसँग सम्बन्धित प्रश्न नसोधिएको देखिएपछि प्रशिक्षार्थीहरू दोस्रो पत्रको परीक्षा बहिष्कार गरेका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार