ट्रिटनका स्काउट सूर्यविनायकदेखि रानीकोट गढीसम्म

काठमाडौँ, १ मंसिर । सुविधानगर, तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा सञ्चालित ‘ट्रिटन स्काउट ट्रुप’का ६६ जना स्काउट विद्यार्थी भक्तपुरको सूर्यविनायकदेखि घ्याम्पेडाँडा हुँदै रानीकोट गढीसम्म ७ किलोमिटर पैदल यात्रा (हाइकिंग) गरेका छन् ।

विद्यालयका स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वय आयुक्त शिवकुमार त्वायना तथा विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक शिवकुमार गैह्रेको साथमा उनीहरु ७ किलोमिटरको दुरी पैदलयात्रा गरेका हुन । टोलीमा शिक्षिकाद्वय कविता खत्री र रविना घटुवा पनि सहभागी थिए ।

स्काउट विद्यार्थीलाई अलग अलग पेट्रोल (समूह) मा विभाजित गरी पैदलमार्गमा आफ्नो गन्तव्य पत्ता लगाउने चिन्ह राखेर उनीहरुलाई पैदल यात्रा गराइएको थियो । ठाडो उकालो, जंगल, भीरपाखाको रोमाञ्चक यात्रापछि उनीहरु रानीकोट गढीसम्म पुगेका थिए ।

पैदलयात्रा सकिएपछि उनीहरु आफुसंग लगेको खाजा खाएर फर्केका थिए । स्काउटिङ्ग शिक्षामा हाइकिङ्गलाई एउटा मनोरञ्जनात्मक एवम् साहसी यात्राको रुपमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।