युरो किड्सका साना विद्यार्थी गोदावरीे वनस्पति उद्यानमा

भक्तपुर, २२ कार्तिक । भक्तपुर युरो किड्स सल्लाघारीका १ देखि ३ कक्षासम्मका ३३ जना साना विद्यार्थी ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा शैक्षिक भ्रमण गरि फर्किएका छन् ।

विद्यालयको ४ जना शिक्षक शिक्षिका तथा तीनजना दिदीको साथ लागेर गोदावरी पुगेका उनीहरु वनस्पति उद्यानभित्रको सानो खोला, सुन्दर वगैंचा र हरियो वातावरण देखेर रमाएका थिए । उनीहरु त्यहाँको माछापालन, विभिन्न प्रजातिका फूलहरु देख्न पाउँदा दंग थिए ।

विहान ९ बजे गोदावरी भ्रमणमा पुगेका केटाकेटी खाजा खाएर नाचगान गर्दै त्यहाँको सुन्दरतामा रमाएको विद्यालयकी प्रिन्सिपल ज्योति क्षेत्रीले बताइन् । शैक्षिक भ्रमणमा लानु अघि ती साना विद्यार्थीलाई भ्रमणको बारेमा प्रश्नोत्तर बनाएर जानकारी गारइएको थियो ।

 

पछिल्लो समयमा भक्तपुर युरो किड्सका केटाकेटीलाई तरकारी बजारदेखि भाटभटेनी सुपरमार्केटमा समेत लगेर किनमेल गर्ने तरीकादेखि विभिन्न ठाउँको स्थलगत भ्रमण गराई त्यसबारे जानकारी गराउँदै आउने गरेको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।