विज्ञको सुझाव लुकाएर शिक्षा नीति

काठमाडौँ, २२ कार्तिक । सरकारले सर्वपक्षीय चासोको राष्ट्रिय शिक्षा नीति सरोकारवालाहरूलाई समेत पत्तो नदिई जारी गरेको छ ।

विज्ञ सम्मिलित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको सरकारले शिक्षा नीतिसमेत गोप्य ढंगले जारी गरेको हो । नीतिमा के–कस्ता व्यवस्था समावेश गरिएको छ भन्नेमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अधिकारीहरू बेखबर छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मलेन गरेर शिक्षा नीति ०७६ जारी गरिएको जानकारी दिए । नीतिको पूर्णपाठ भने सार्वजनिक गरिएको छैन । पोखरेल मन्त्री भएदेखि नै नीति जारी गर्न सक्रिय थिए ।

नयाँ संविधानअनुसार नीति र शिक्षा ऐन बनाउन शिक्षामन्त्रीकै अध्यक्षतामा आयोग गठन गरिएको थियो । ०७५ माघमा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन गोप्य राखिएको छ ।

मन्त्री पोखरेलले आयोगको सुझावअनुसार नीति जारी गरिएको दाबी गरे । आयोगका सदस्यहरूले भने सुझाव तोडमोड गरेर नीति र ऐन जारी गर्न प्रतिवेदन गोप्य राखिएको दाबी गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।