क्यान्सरको मुख्य औषधि आत्मबल

काठमाडौँ, ६ कार्तिक । भरतपुर महानगरपालिका–१० की ४४ वर्षीया प्रतिमा कोइरालाले क्यान्सरको उपचार गराएर रोगमाथि विजय प्राप्त गरेकी छिन् ।

१२ वर्षअघि उनले आफूलाई स्तन क्यान्सर भएको थाहा पाइन् । उपचार गरिन् । क्यान्सर भएको थाहा पाउँदा उनको विवाह भएको १५ महिनामात्र भएको थियो । उनी त्यस समय नर्सिङमा स्नातक गर्दै थिइन् । स्वास्थ्यको विद्यार्थी भए पनि क्यान्सरको बिरामी भएको थाहा पाउँदा उनी झस्किइन् । तर सानै उमेरमा क्यान्सर संक्रमित भएर पनि उनले आफूलाई कमजोर बन्न दिइनन् ।

‘क्यान्सर भएको थाहा पाउनासाथ तत्काल उपचार सुरु गरें,’ उनले भनिन्, ‘हिम्मत हारिनँ, आफूमा आत्मबल बलियो राखें ।’ उनी अहिले चितवन मेडिकल कलेजमा कार्यरत छिन् । यो समाचार आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्