कवि तथा गीतकार कालीप्रसाद रिजालको जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ ।
शनिबार साँझ सांगीतिक कार्यक्रम पलेँटीको सांगीतिक माहोलमा रिजालको नयाँ पुस्तक विमोचन भएको हो । वि.सं. १९९६ विराटनगरमा जन्मेका रिजालले काँडामा हाँसेको जिन्दगीमा विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन् ।
कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए । उक्त सार्वजनिक पुस्तक नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको हो ।





