काठमाडौँ, ५ असोज । क्व्होलासोंथर गाउँपालिका–१ मैसोक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योती मावि मा कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् ।
बेंसीशहर नगरपालिका–९, बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । ‘उनीहरुले किताब नभएर नबोकेका होइनन् । घरका लागि घरमै किताब छ । स्कुलका लागि स्कुलमै किताब छ,’ इन्द्रमानले भने ।
जनज्योती माविका उषा र इन्द्रमान मात्रै होइनन्, कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीले नै घरबाट स्कुल जाँदा र फर्किदा किताब बोक्दैनन् । उनीहरु हरेकसँग घर र स्कुलमा गरी २ सेट किताब छ । । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।





