डेंगीभन्दा कडा स्क्रबटाइफस फैलियो

काठमाडौँ, ३१ भदौ । मुलुकभर डेंगी फैलिरहेकै बेला त्योभन्दा कडा रोग स्क्रबटाइफस फैलिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दुईसातायता डडेलधुरा, पाल्पा, धादिङ, नुवाकोट, काठमाडौंलगायतका जिल्लामा यो रोग देखा परे पनि सोमबार साँझसम्म कतिजना संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध हुन सकेको छैन । डेंगीका बिरामीको भीड लागेकै बेला शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा स्क्रबटाइफसको बिरामी आउन थालेका छन् ।

तीन दिनमा करिब २० जना रोगले संक्रमित भएको प्रमाणित भएको छ । उपचारमा आउनेहरुमा काठमाडौं, धादिङ, नुवाकोटलगायतका जिल्लाका बासिन्दा छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्