हेर्नुहोस अंगुर खानुको फाइदा

काठमाडौँ, १९ भदौ । अंगुरमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । त्यसैले हाम्रो शरिरको लागी अंगुर खानु धेरै फाइदा हुने गर्दछ ।

हेर्नुहोस अंगुर खानुको फाइदा :

१.  अंगुर खानाले मुटु स्वस्थ हुन्छ : अंगुरमा पाइने अक्सिडेन्ट र लिफेनोलले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

२. अंगुरले पाचनक्रिया बलियो हुन्छ : अंगुरमा फाइबर हुने भएकोले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल  (अघुलनशील) फाइबर हुन्छ ।

३. अंगुरले उर्जावान् राख्छ : अंगुरमा कार्बोहाइड्रेट सेलुलोस हुन्छ जसलाई ‘इनर्जी बुस्टर’ भनिन्छ जसको सेवनले उर्जावान् महसुस हुन्छ ।

४. मृगौला स्वस्थ रहन्छ : अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछ : अंगुरमा एन्टिक्यान्सर हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछ :  अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्