भाइरल ज्वरोका बिरामी बढे

भीमदत्तनगर, ११ भदौ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ ।

साउनको दोस्रो हप्तादेखि उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । अस्पतालका अनुसार अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

जसमध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी छन् । ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या अधिक छ ।

वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको सङ्क्रमण हुने गरेको छ । यसैगरी, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढदो छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्