कागेश्वरी मनोहरा नगरपालिकाको गौरवको रुपमा ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर फन’ दौडको तयारी

काठमाडौँ, ७ भदौ । कागेश्वरी मनोहरा वडा नं ९ उज्ज्वल नगर, काँडाघारीस्थित उज्ज्वल तारा स्कुलको आयोजनामा आगामी असोज ११ गते शनिबार ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ आयोजना गर्ने विषयमा पहिलो चरणको छलफल कार्यक्रम आयोजना गरियो ।

‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौडलाई कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाको रुपमा लिएर दौड आयोजना गर्न लागिएको आयोजकले बताएका छन भने नगरपालिकाले पनि यसका लागि आवश्यक पर्ने सहयोगको प्रतिवद्धता व्यक्त गरेको छ ।

विद्यालयमा शनिबार आयोजित छलफल कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका पदाधिकारी, स्थानीय क्लवका पदाधिकारी तथा खेलाडीहरु, सुरक्षाकर्मी, विभिन्न विद्यालय र टोल सुधार समितिका पदाधिकारी, स्थानीय जागरण महिला अभियानका पदाधिकारी, अभिभावक र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

विद्यार्थीदेखि ६० वर्ष उमेर नाघेका महिला र पुरुष समेतको सहभागिता रहने सो दौड आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्य सम्वन्धि जनचेतना अभिवृद्धि गर्न र दशैंको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको विद्यालयका संस्थापक सल्लाहकार एवम् कार्यक्रम संयोजक विष्णु कार्कीले बताए विद्यालयले गत २०७४ असोजदेखि सो दौड आयोजना गर्दै आएको हो ।

महिला र केटाकेटीका लागि ३ किलोमिटर, पुरुष तथा वहालवाला र सेवानिवृत्त सुरक्षाकर्मीहरुका लागि ५ किलोमिटर दुरी दौडको साथै ६० वर्षको उमेर माथिका महिला पुरुषका लागि ३ किलोमिटर हिँड्ने व्यवस्था मिलाइएको र यसका लागि १५ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने धावकका लागि पदक, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको पनि संयोजक कार्कीले बताए ।

दौडका विविध पक्षबारे विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले जानकारी गराइन भने कागेश्वरी मनोहरा वडा नं ७ का अध्यक्ष जीवन थापाले नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।

सबै विधाको दौड पुरा गर्ने धावकहरुको चेष्ट नम्बरलाई समावेश गरि अन्तिममा गोलाप्रथाद्धारा एक महिला र एक पुरुष खेलाडीलाई एक÷एक जोर ट्रयाक सुट या जुत्ता पुरस्कार दिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने