एसेज शृंखला अन्तर्गतकाे तेस्राे टेस्ट स्टिभ स्मिथले खेल्न नसक्ने

एजेन्सी, ३ भदौ । एसेज शृंखला अन्तर्गतको तेस्रो टेस्ट स्टिभ स्मिथले खेल्न नसक्ने भएका छन ।

एसेज शृंखलाअन्तर्गत दोस्रो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरको बलमा स्मिथ घाइते भएका थिए । जारी एसेजमा उत्कृष्ट फर्ममा रहेका उनको बहिर्गमनले अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ ।

८० रन बनाएर स्मिथ खेलिरहेका बेला आर्चरले फालेको बाउन्सर बलले गर्धनमा लागेको थियो । चोट बढी भएपछि मैदानमा ढलेका स्मिथलाई फिजियोले मैदान बाहिर लगेका थिए । त्यसपछि क्रिजमा आएका उनले थप १२ रन बनाउँदै आउट भएका थिए । तर दोस्रो पारिमै उनी मैदान उत्रन नसकेपछि अस्ट्रेलियाले स्मिथको ठाउँमा खेलाडी नै रिप्लेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने