स्मिथ टेष्ट बरियताको दोस्रो स्थानमा

काठमाडौँ, २ भदौ । अष्ट्रेलियाका ब्याट्सम्यान स्टेभन स्मिथ टेष्ट क्रिकेट बरियताको दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलाडी बरियतामा स्मिथ दोस्रो स्थानमा उक्लिएका हुन् । शीर्ष स्थानमा भने भारतका कप्तान विराट कोहली रहेका छन् ।

त्यस्तै एक स्थान घटुवा हुँदै न्युजिल्यान्डका कप्तान केन विलियम्सन भने तेस्रो स्थानमा छन् । चौथो स्थानमा भने भारतीय ब्याट्सम्यान चेतेश्वर पुजरा रहेका छन् । पाँचौ स्थानमा न्युजिल्यान्डका हेनरी निकोलस यथावत रहँदा छैटौ स्थानमा भने ऐडन मार्करम रहेका छन् ।

बलिङतर्फ भने शीर्ष स्थानमा अष्ट्रेलियाका पट कुम्मिन्स रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबडा रहँदा तेस्रो स्थानमा इंग्ल्यान्डका जेम्स एन्डरसन रहेका छन् ।

टेष्ट क्रिकेटको अलराउण्डरतर्फ शीर्ष स्थानमा भने वेष्ट इन्डिजका कप्तान जासन होल्डर रहेका छन् । दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । आज बिहान बेनीघाट

काठमाडौँ, ८ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०