सुनसरीमा डेंगु बिरामीको संख्या ३ हजार २ सय ६६ पुग्यो

सुनसरी, ३२ साउन । सुनसरीमा तीन महिनाको अवधिमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुगेको छ ।

बिरामीहरुमध्ये सबैभन्दा बढी धरानमा मात्र ३ हजार १ सय ७३ जना रहेका छन् । डेंगुका कारण अहिलेसम्म धरानमा एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार धरान वडा नंम्बर १५ की ३० वर्षीया मनु सुनुवारको मृत्यु भएको हो ।

जिल्लाभरको रेकर्डअनुसार २०७६ वैशाख ३० गतेदेखि साउन २८ गतेसम्म सबैभन्दा बढी धरानमा बिरामीको संख्या रहेकोमा इटहरीमा ६३ जना र इनरुवामा ३० जना भएको जिल्ला अस्पतालको रेकर्डमा उल्लेख छ ।

धरानमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आग्रह अनुसार डेंगु नियन्त्रणका लागि कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई यसबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्