काठमाडौँमा डेङ्गु फैलनसक्ने

काठमाडौँ, २९ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ ।

डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए ।

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले थपे, “काठमाडौँ वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडौँमा डेङ्गु सङ्क्रमित देखिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्