मैत्रीपूर्ण फुटसल खेलमा मन्त्री पुनको टोली विजयी

काठमाडौँ, २६ साउन । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनको टोलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको टोलीलाई पराजित गरेको छ ।

आइतबार भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको नेपाल विद्युत् प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसमा आयोजित फुटसल प्रतियोगितामा मन्त्रीको टोलीले घिसिङको टोलीलाइ ३–० गोल अन्तरले पराजित गरेको हो ।

जम्मा २० मिनेट खेलाइएको खेलमा मन्त्रालयका तर्फबाट ऊर्जामन्त्री आँफैले २ गोल साथै उनका स्वकीय सचिव दुर्गा चापागाईंले १ गोल गर्दै जित हासिल गरेको हो  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ