मेहँदीका अनेक फाइदा

काठमाडौँ, २१ साउन । साउन महिनालाई मेहँदी नै लगाउने महिनाका रुपमा चिनाएको छ । नारीका लागि साउन महिनामा मेहँदीको विशेष महत्व रहने गर्छ ।

आयुर्वेदमा महत्वपूर्ण औषधिका रुपमा मेहँदीलाई हेर्ने गरिएको छ । तर अचेल बजारमा शुद्ध मेहँदीभन्दा पनि अशुद्ध र केमिकल मिसाइएको मेहँदीको बढी प्रयोगले त्वचागत रोग उत्पन्न हुने खतरा पनि सँगसँगै बढेको पाइन्छ।

‘मेहँदी’ नामक वृक्षको कुल ‘लिथरेसी’ हो। यसको ल्याटिन नाम ‘लौसोनिया इनर्मिस’ हो र संस्कृत नाम ‘मदयन्तिका’ हो। यसलाई अंग्रेजीमा ‘हिन्ना’ पनि भनिन्छ । यसको प्रयोज्य अंगहरु भनेका पत्र, पुष्प र बिज हुन्। यसको पत्र भालाकार वा अन्डाकार हुन्छ र पिस्दा रातो रङको हुन्छ। मेहँदीको पत्तिमा टैनिन १०.२१ प्रतिशत तथा लौसोन नामक मुख्य द्रव्य हुन्छ। मेहँदीको गुण-लघु, रुक्षस रस-तिक्त, कषायस विपाक-कटुस विर्य-शीत हुन्छ । र यो वृक्ष कफपित्तजन्य रोगका लागि बढी प्रयोग हुन्छ ।

यसको प्रयोग वेदना शान्त गर्नका निम्ति, व्रणको शोधन गर्नका निम्ति र रक्तबन्दका निम्ति गरिन्छ । कुष्ठ तथा चर्मविकारमा लाभदायक मेहँदीको क्वाथको प्रयोग मुख रोगमा समेत गरिन्छ ।

रक्तविकार र रक्तपित्तमा मेहँदीको पत्रको क्वाथ प्रयोग गर्न सकिन्छ। ज्वरमा मेहँदीको पुष्पको फान्ट र कुष्ठ आदिमा यसको पत्तिको क्वाथ प्रयोग गर्न सकिन्छ । मूत्रकृच्छ, पूयमेहमा यसको पत्रस्वरस मिश्रीसँग मिलाएर दिन सकिन्छ जसका कारण पिसाब सफा हुन्छ र जलन कम हुन्छ ।

यसरी मेहँदी वृक्ष साउनमा मेहँदी लगाउनलाई मात्र नभएर अन्य स्वास्थ्यका विभिन्न समस्याका लागि समेत त्यति नै उपयोगी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्