एजेन्सी, १४ साउन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई स्पेनिस खेल पत्रिका मार्काले रियल मड्रिडमा रहेर फुटबलमा पु¥याएको योगदानका लागि मार्का लेजेण्ड अवार्ड सोमबार प्रदान गरेको छ ।
अवार्ड ग्रहण गर्न स्पेन पुगेका रोनाल्डोले रियल मड्रिडमा बिताएको समयको सम्झना सधैँ भइरहने बताएका हुन् । आफूलाई म्यानचेस्टर युनाइटेडमा बिताएको भन्दा रियल मड्रिडमा बिताएको जीवनको सम्झना हुने गरेको रोनाल्डोको भनाई छ ।
अवार्ड वितरण समारोहमा रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि उपस्थित थिए ।






