चितवन, १३ साउन । मेडिकल सिटि चितवनको लोकप्रिय स्वास्थ्य संस्था चितवन मेडिकल कलेज ९सिएमसी०मा एकै बर्षमा ४ लाख ४४ जना विरामीहरुले सेवा लिएका छन् ।
गणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा चितवनमा नै विगत १० बर्षदेखि सेवा दिदै आएको सिएमसीले पछिल्लो पटक विशेषज्ञ सेवासहित उपचार सेवा दिन थालेपछि गत आर्थिक बर्ष २०७५ र७६ मा मात्रै ४ लाख ४४ जना विरामीहरुले सेवा दिएको जनाएको छ । अस्पतालले आफ्नो स्थापनाको १० बर्षको अवधीमा आफ्नो पुरा विवरणसहित पहिलो पटक पत्रकार सम्मेलन गर्दै आफुहरुले प्रदान गरेको सेवा, भावी योजना र तथ्याङ्गक सार्वजनिक गरेको हो ।
अस्पताल निर्देशक डा। दयाराम लम्सालले अब दिन अस्पताल थप उच्चस्तरी सेवालाई ध्यानमा राख्दै हरेक स्वास्थ्य उपचार सिएमसीमा नै भन्ने मुल मत्रका साथ अगाडी बढेको बताए । “अब काठमाडौँमै जानुपर्छ भन्ने छैन् डा. लम्सालले भने हरतरहको विशेषज्ञ सेवाका लागि अस्पताल प्रतिवद्ध छ, जुन आम जनताको विश्वासले पनि प्रष्ट पारेको छ ।”
अस्पतालले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा बहिरंग सेवा ९ओपिडि० मा चार लाख ४४ जना बिरामीलाई सेवा दिईएको मध्ये ३२ हजार ५ सय ७६ जनाको आकस्मिक कक्षमा उपचार भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । यसैगरी सो आर्थिक बर्षमा ४२ हजार ७ सय ६ जना बिरामी भर्ना भएर सेवा लिएका छन् । अस्पतालको तथ्यांक अनुसार सो अवधिमा २ हजार ९ सय ९३ जनाले निःशुल्क प्रसुती सेवा, ७ हजार ८ सय ३० जनाले शल्यक्रिया सेवा, २ हजार ५ सय २८ जनाले मुख्य ९मेजर० शल्यक्रिया सेवा लिएका छन् ।
गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटीस्क्यान, २ हजार ९ सय ७९ जनाको एमआरआई, ५१ हजार ८ सय ६९ जनाको युएसजि (भिडियो एक्सरे) गरिएको छ । यस अवधिमा ७४ हजार ४ सय ६३ जनाले बीमा मार्फत् सेवा लिएका छन् । भर्ना हुने बिरामी मध्ये ५ हजार ६ सय ८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पतालका म्यानेजर पारस अधिकारीले जानकारी दिए ।
सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर
अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । शिविरमा ६ हजार ५ सय ५१ जनालाई सेवा दिईएको छ । यसैबीच आज विश्व हेपाटाइटीस दिवसको अबसर पारेर वाकाथुन कार्यक्रम, रक्तदान कार्यक्रमका साथै कलेजो प्रत्यारोपण विरामीको बहिरग उपचारमा ५० प्रतिशत छुट गरेको छ ।
विपद्मा एकै पटक २ सय ६० विरामीलाई एकसाथ सेवा दिन सक्ने
यस्तै सोही अवसरमा अस्पतालले कुनै पनि ठुलो विपद् आउदाँ एक साथ २ सय ६० जनालाई उपचार सेवा दिन सक्ने जनाएको छ । अस्पतालका म्यानेजर पारस अधिकारीका अनुसार अस्पताल इर्मेजेन्सीमा ६० र लवीमा २०० गरि २ सय ६० जनलाई प्रभावकारी रुपमा सेवा दिन सक्ने दावी गरेका छन् ।
फोहर व्यवस्थापनमा उच्च प्रविधि
यस्तै अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सिएमसी उच्च स्तरीय ईटलीय प्रविधिबाट दैनिक फोहर व्यवस्थापन गर्दै आएको छ । वर्गीकरण गरेर मात्र वातावरणमा फोहर व्यवस्थापन हुदै आएको छ । प्रविधिबाट कुहिने र सिधै वातावरणमा असर नगर्ने गरि फोहर प्रशोधन गरेपछि मात्रै भरतपुर महानगरपालिका मार्फत फोहरलाई उचित स्थानमा तह लगाएको जनाएको छ । अस्पतालमा दैनिक रुपमा १ टन फोहर निस्कीने समेत सो अवसरमा अस्पतालका निर्देशक डा. लम्सालले बताए ।
एक बर्ष १ सय ५७ ले ज्यान गुमाए
यसैगरि अस्पतालमा उपचार गराउन आएको मध्ये विभिन्न जटिलताका कारण १ सय ५७ जनाको ज्यान बचाउन नसकेको अस्पतालले जनाएको छ । भने कुल आउने विरामी मध्ये ३६ प्रतिशत विरामी दुर्घटनाका हुने गरेको जनाएको छ ।
कलेजो प्रत्यारोपण सेवा शुरु
अस्पतालले विश्व हेपाटाईटिस डे ९जुलाई २८० को अवसरमा आईतबारबाट कलेजो प्रत्यारोपण सेवा शुरु गरेको छ । अस्पतालका निर्देशक डा। लम्सालका अनुसार कलेजो रोगको बहिरंग (ओपिडि) सेवा शुरु गरिएको हो ।
चितवनमा नै पहिलो पटक हेपाटाईटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा। सागर पौडेलबाट दैनिक रुपमा यो सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृती समेत पाईसकेको छ । कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भईसकेको जानकारी दिंदै डा। लम्सालले केही दिनमै कलेजो प्रत्यारोपणको समेत सेवा दिईने जानकारी दिए ।






