काठमाडौँ, १२ साउन । मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको ३६ बर्षको उमेरमा निधन भएको छ ।
नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको हो ।
क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ । मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् ।





