काठमाडौँ, ७ साउन । नेप्से सूचक आज मंगलबार ५.९४ अंकले बढेर १२७७.१७ विन्दुमा आइपुगेको छ ।
१६९ कम्पनीको ३६ करोड ८९ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १४ लाख ४४ हजार १९२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको सेयर कारोबार भएकामा ७ समूहका सूचक बढेका छन् भने बाँकी समूह तल झरेका छन् ।
वाणिज्य बैंक समूहको सूचक ६.९७ अंकले बढेको छ । कारोबार रकममा कृषि विकास बैंक अग्रस्थानमा छ । यसको ४ करोड ५१ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । खरिदबिक्रीकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।





