काठमाडौँ, २ साउन । इजिप्टमा जारी अफ्रिका कप अफ नेशन फुटबल प्रतियोगितामा ट्युनिसियालाई पराजित गर्दै नाइजेरिया तेस्रो भएको छ ।
बुधबार राति तेस्रो स्थानका लागि भएको प्ले–अफ खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै नाइजेरिया तेस्रो भएको हो ।
नाइजेरियाले तीनपटक अफ्रिका कप अफ नेशनको उपाधि जितेको छ । योसँगै नाइजेरिया ८ औं पटक तेस्रो भएको छ । उपाधिका लागि शुक्रबार सेनेगल र अल्जेरियाबिच प्रतिस्पर्धा हुँदैछ ।





