काठमाडौँ, २ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ पुनः भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका छन् ।
सामाजिक संजाल फेसबुकबाट किरणलाई पुनः अनुबन्ध गरेको भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले जनाएको छ ।
किरण यसअघि सन् २०१८ मा मिनर्वाबाट खेलेका थिए । उनी गत सिजन माल्दिभ्स लिगको उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए ।





