मलेसियाविरुद्ध नेपालको शानदार जीत : पारसको अर्धशतक

काठमाडौँ, २८ असार । टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल शानदार जीत हासिल गरेको छ ।

शनिबार बिहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए ।

१२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए । बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए । ४९ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्राहार गरेका थिए । यसैगरी कप्तान फाइजले ४५ रन योगदान गरे ।

बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई(दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, २७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषयलाई लिएर सरकारको

काठमाडौँ, २७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन्

म्याग्दी, २७ कार्तिक । रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७०

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)