काठमाडौँ, २५ असार । आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा २ सयले रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





