जहाँ नेपाली नोट चल्न थाल्यो…

काठमाडौँ, २५ असार । नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आईसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन् । उनीहरू अधिकांश भारुमै कारोबार गर्छन् ।  छेवैको चिया पसल, बिरयानी सेन्टर होस् वा पान पसल, कारोबार भारुमै हुन्छ ।

नरैनापुरमा नेपाली नोट चल्न थालेको धेरै भएको छैन। स्थानीय तहमा जनप्रतिनिधि आएपछि अलि बढी प्रयोगमा आयो ।  ०७४ सालमा गाउँमै बैंक खुलेपछि धेरैलाई हाम्रो नोट नेपाली भन्ने थाहा भयो ।  वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि धेरैलाई पहिलोपटक नेपाली रुपैयाँ बोक्ने बानी बसाएको छ । गाउँमा नेपाली नोट कारोबार हुन थालेपछि बल्ल उनीहरूलाई आफू नेपाली भएको महसुस भएको छ ।

‘सुरुसुरुमा स्थानीयले बैंकलाई पत्याएनन् ।  विदेशबाट पैसा पठाउनेले एक हजार र पन्ध्र सय पठाएर चेक गर्थे’, शाखा प्रबन्धक खड्गप्रसाद देवकोटा भन्छन्, ‘अहिले त तीन लाख रुपैयाँसम्म पनि आउँछ । खाता खोलेका छन् ।  पैसा खातामै जम्मा हुन्छ । दैनिक २० देखि २५ वटा रेमिट्यान्सकै कारोबार हुन्छ ।’ बैंकले नेपाली नोट चलाउन सिकाएको छ । ‘डिपोजिट गर्न आउने धेरैले भारु ल्याउँथे । बैंकबाट नेपाली निकाल्दा भारु खोज्थे’, देवकोटाले भने, ‘बैंकले नै उनीहरूलाई नेरुमा सहज बनाइदियो। अहिले त नेपाली सहजै रूपमा लिएर जान्छन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ