लघुवित्त संस्थाको साधारण शेयर बिक्री हुँदै

काठमाडौँ, २३ असार । आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ ।

शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ । पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ ।

आगामी साउन १ गतेदेखि  सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि रु पाँच करोड ३० लाख बराबरको पाँच  लाख ३० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको उल्लेख गरेको  छ ।

आह्वानपत्र अनुसार शेयर बिक्री बन्द छिटोमा आगामी साउन  ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई आठ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षित गरिएको छ ।

आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको छ । दुई संस्था गाभिएर एकीकृत कारोवार नहुँदासम्म शेयर कारोवार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ