काठमाडौँ, २३ असार । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको सेमिफाइनल खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
मंगलबार हुने फाइनल खेलमा नेपालले अब सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।





