मुक्तिनाथ विकास बैंकको छ शाखा सञ्चालनमा

काठमाडौँ, २२ असार । मुक्तिनाथ विकास बैंकले एकैपटक ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौँ जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घासमा शाखा विस्तार गरेको हो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

साथै, देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ