काठमाडौँ, २१ असार । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पाकिस्तानी अलराउण्डर शोएब मलिकले सन्यासको घोषणा गरेका छन् ।
३७ वर्षीय क्रिकेटर मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् । घोषणा गर्दै मलिकले भने, ‘मैले पहिला पनि भनेको थिए, यो मेरो विश्वकपपछि ए दिवसीय क्रिकेटबाट सन्यास लिन्छु भनेर, त्यसैले आज मैले यो घोषणा गरेको हुँ, जसले मलाई साथ दिए उनीहरु सबैलाई धन्यवाद ।’
मलिकले १९९९ को अक्टुबरमा वेस्टइण्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । यसैगरी ३५ टेस्ट म्याचमा ३ शतक र ८ अर्धशतकका साथ १८९८ रन बनाउँदा टी –२० सात अर्धशतक सहित २ हजार २ सय ६३ रन बनाएका छन् । पाकिस्तानका लागि उनले १११ टी–२० खेलेका छन् ।





