एजेन्सी, २० असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र पाकिस्तान भिड्दै छ ।
इंग्ल्याण्डको लण्डनस्थित लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र पाकिस्तानबीच खेल सुरु हुनेछ ।
आज खेलमा पाकिस्तानले बंगलादेशलाई भारी अन्तरले पराजित गरे मात्रै विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।





