काठमाडौँ, १८ असार । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा प्रबेश गरेको छ ।
मंगलबार भएको खेलमा भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।
जितसँगै भारत ८ खेलबाट १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । बंगलादेश ८ खेलबाट ७ अंकसहित सातौं स्थानमा छ ।





