तनहुँ, १५ असार । तनहुँमा भोज खादा ४१ गाउँले बिरामी परेका छन् ।
भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।
सोही नगरपालिका-३ का वडाध्यक्ष दलनारायण श्रेष्ठका अनुसार सो स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । माछा खाएका मात्रै बिरामी परेकाले माछामा कैफियत हुनसक्ने बताएका छन ।
बिरामी परेका उनीहरुलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






