कोपा अमेरिका : उरुग्वे क्वाटर फाइनलबाटै बाहिरियो

एजेन्सी, १५ असार । उरुग्वे कोपा अमेरिकाको क्वाटर फाइनलबाटै बाहिरिएको छ ।

नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा पेरुले उरुग्वेलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै गरेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

यो जितसँगै पेरु प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलको खेलमा पेरूले साविक विजेता चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि ब्राजिल र अर्जेन्टिना पनि प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । नेपाली समय अनुसार असार १८, बुधबार विहान ६स्१५ मा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् भने बिहिबार विहान ६स् १५ मा पेरू र चिली भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ