कञ्चनपुर, ११ असार । प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब आज फाइनलमा भिड्दै छ ।
कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा मंगलबार पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर फाइनल प्रवेश गरेको हो ।
आज हुने फाइनल खेलमा दोस्रो सेमिफाइनल खेलमा एपीएफ प्रदेश नं १ लाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण पाँच ओभरमा सीमित पारिएको खेलमा एपीएफ चार रनले विजयी भयो ।
महाकाली स्पोर्टस् सोसाइटीका अनुसार समापन समारोहमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलगायतको उपस्थिति रहने जनाएको छ ।






