काठमाडौँ, ९ असार । कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिना समूह ‘बी’ उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो ।अर्जेन्टिनालाई सहज जित दिलाउनको लागि लौटारो मार्टिनेज र सर्जियो अगुएरो समान एकरएक गोल गरे ।
खेल शुरु भएको चौथो मिनेटमा नै अर्जेन्टिना अग्रता लिएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए ।





