भक्तपुर, ९ असार । सेतीओपी यूवा क्लव कोटेश्वर र एसओएस बालग्राम सानोठीमीको संयुक्त आयोजनामा गत जेठ ३१ गतेदेखि असार ८ सम्म एसओएस बालग्राम सानोठीमीमा सञ्चालन भएको फुटबल प्रतियोगितामा न्यूस्टार पोल एकेडेमी गोठाटार विजयी भएको छ ।
शनिबार भएको फाइनल खेलमा न्यूस्टार पोलले विनायक शिक्षा निकेतन स्कुललाई २-१ अन्तरले पराजित गरि विजयी भएको हो । न्यूस्टार पोलका जर्सी नंं १७ का राजीव खड्काले खेलको पाँचौ मिनेटमा गोल गरी टीमलाइ अग्रता मात्र दिलाएनन यस प्रतियोगीतामा आफु सर्वा्धिक गोलकर्ताको रुपमा आफुलाइ परिचीत समेत गराए । यो गोलसंगै उनको प्रतीयोगिता अवधीभरको चौथो गोल भएको थियो । सोही टीममा जर्सी नं.८८ का राजीव खड्काले सातौ मिनेटमा गोल गरी विद्यालयलाइ २-० को अग्रता दिलाए ।
पहिलो हाफसम्म २–० को अग्रता लिए पनि विनायक शिक्षा सदनले १ गोल फर्काउन सफल भए पनि जीत हासील भने गर्न सकेन । निक्कै राम्रा अवसरहरु विनायकले गुमाएको थियो । निर्धा्रित समय सम्म २–१ कै नतिजामा प्रतियोगिता सकिएको थियो ।
प्रतियेगिताका विजयी टीम र खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, एसओएस बालग्राम नेपालका प्रमुख इश्वरी प्रसाद शर्मा, सेतीओपी क्लवका अध्यक्ष रवि रिमाल तथा एसओएस वालग्राम सानोठिमीका निर्देशक खगेन्द्र नेपालले संयुक्त रुपमा नगद, ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे । पहिलो हुने टीमलाई नगद ३० हजार र दोस्रो हुनेलाई नगद २० हजार दिइएको थियो ।
कार्यक्रममा एन्फाका अध्यक्ष शेर्पाले स्थानिय स्तरमा हुने जुन सुकै फुटबल प्रतियोगीतालाई आफुले सक्दो सहयोग गर्ने र सेतीओपी क्लव तथा एसओएससंग मिलेर फुटबल विकाशको लागी काम गर्न तयार रहेको बताए ।
शेर्पालाई एसओएस बालग्राम नेपालका प्रमुख इश्वरी प्रसाद शर्माले मायाको चिनो प्रदान गर्दै स्थानिय स्तरमा स्थानिय संघसंस्थासंगको सहकार्यबाट खेलकुदको विकासमा टेवा पुग्ने भन्दै सेती ओपीसंग मिलेर आगामी खेलकुदका कार्यक्रमहरु संचालन गर्ने बताए ।
त्यस्तै एसओएस बालग्राम सानोठीमीका प्रमुख खगेन्द्र नेपालले सेती ओपीसंगको सहकार्यमा एसओएसलाई राष्ट्रिय लिगमा सहभागी गराउने बताए ।
यस प्रतियोगीतामा वेष्ट कोच न्यू स्टार पोललका कोचले पाएका छन भने फेयर प्ले एसओएस स्कुल सानोठीमीले पाएको छ । त्यस्तै प्रतियोगीता अवधीभरको उत्कृष्ट खेलाडी न्यू स्टार पोलका क्याप्टेन जर्सी नंं ७ का सौरभ थापा भएका छन उनलाइ ११ कक्षा अध्ययनको लागी ग्रामर स्कुलले छात्रवृत्ती प्रदान गरेको छ ।
त्यस्तै सर्वा्धिक गोलकर्ता पनि न्यूस्टार पोलका जर्सी नंं १७ का राजीव खड्का, वेष्ट गोलकिपर विनायक शिक्षा निकेतन स्कुलका अमर नेवार भएका छन भने वेष्ट डिफेन्स न्यू स्टार पोलका जर्सी नंं १३ का सुसान केसी भएका छन । यी तीनै जना विद्यार्थीलाई न्यू भिजन एकेडेमी कोटेश्वरले मासिक शुल्कमा पुरै छात्रवृत्ति प्रदान गरेको छ ।






